अध्यक्षको सन्देश

श्री सिद्धि गणेश वचत तथा ऋण सहकारी संस्था स्थापानाको यो अवधि सम्म आईपुग्दा सहकारी ऐन, नियम र मुल्य मान्यतालाई आत्मासाथ गर्दै हाम्रा शेयर सदस्यहरुको मनोभावनालाई बुझ्दै सदस्यहरुकै हितका लागी विभिन्न समयमा विविध कार्यक्रम तथा योजना बनाई अघि बढिरहेको ...

 Read More 

Welcome

श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि., हरमटारी, गोरखा वि.सं. २०६७ साल माघ २६ गते विधिवत रुपमा सहकारी डिभिजन कार्यालय दमौलीमा दर्ता भई २०६८ बैशाख २३ गतेदेखि संचालनमा आएको हो । गोरखा नगरपालिकाभित्र कार्यक्षेत्र रहेर कार्य गर्ने यो संस्थामा सदस्यहरु बनि संस्थाका मेरुदण्डको रुपमा दिनानुदिन थपिंदै जानु नै यो संस्थाको सबल पक्ष हो । गोरखा सदरमुकाममा स्थापानाको छोटो अवधिमा नै सफल र लोकप्रिय रुपमा यो सहकारीलाई चिनिने गरेको छ । तपाई पनि आफ्नो आर्थिक कारोबार यस संस्था मार्फत गर्न चाहनुहुन्छ भने तपाईलाई हृदयदेखि नै स्वागत गर्छौं ।

View Detail


संस्थाको हालको ब्याजदर

फागुन १, गोरखा । श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाद्वारा लगानीमा आफ्ना सदस्हरुस‌ंग लिदै आएको व्याजदर परिमार्जन गरेकाे छ । हाल संस्थाले १२% देखि १३% व्याज लिदै आईरहेको छ । ऋण र बचतमा हाल कायम रहेको अद्यावधिक व्याजदर वेवसाईटको व्याजदरको पेजमा हेर्न सकिनेछ

व्यवस्थापकको सन्देश

श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि., हरमटारी, गोरखा वि.सं. २०६७ साल माघ २६ गते विधिवत रुपमा डिभिजन सहकारी कार्यालय दमौलीमा दर्ता भई संचालनमा आएकोमा २०६८ बैशाख २३ गतेदेखि काउन्टर स्थापना गरी बैंकिङ्ग कारोबार संचालन गरिएको हो । गोरखा सदरमुकाममा स्थापानाको छोटो अवधिमा नै सफल र लोकप्रिय रुपमा यो सहकारीलाई चिनिने गरेको छ । थोरै थोरै मिलेर धेरै बन्छ भन्ने कुरालाई यस संस्थाका सदस्यहरुलाई बुझाउँदै स्थानिय स्तरमा छरिएर रहेको पूँजिलाई संकलन गरि स्थानिय क्षेत्रमा नै परिचालन गरि हरेक व्यक्तिको आर्थिक तथा सामाजिक स्तरोन्नत्ति गर्नु र सदस्यहरुलाई बचत गर्ने बानीको विकाश गर्नु हाम्रो सहकारी संस्थाको प्रमुख उद्देश्य हो । स्थापना कालको छोटो अवधिमा नै सामाजिक र आर्थिक रुपान्तरणमा अग्रणि उदाहरण प्रस्तुत गर्दै गोरखामा आफ्नो छुटै पहिचान स्थापित गर्न सफल भएको छ ।

 Read More 

Remittace