News and Events

व्यवस्थापकको सन्देश

श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि., हरमटारी, गोरखा वि.सं. २०६७ साल माघ २६ गते विधिवत रुपमा डिभिजन सहकारी कार्यालय दमौलीमा दर्ता भई संचालनमा आएकोमा २०६८ बैशाख २३ गतेदेखि काउन्टर स्थापना गरी बैंकिङ्ग कारोबार संचालन गरिएको हो । गोरखा सदरमुकाममा स्थापानाको छोटो अवधिमा नै सफल र लोकप्रिय रुपमा यो सहकारीलाई चिनिने गरेको छ । थोरै थोरै मिलेर धेरै बन्छ भन्ने कुरालाई यस संस्थाका सदस्यहरुलाई बुझाउँदै स्थानिय स्तरमा छरिएर रहेको पूँजिलाई संकलन गरि स्थानिय क्षेत्रमा नै परिचालन गरि हरेक व्यक्तिको आर्थिक तथा सामाजिक स्तरोन्नत्ति गर्नु र सदस्यहरुलाई बचत गर्ने बानीको विकाश गर्नु हाम्रो सहकारी संस्थाको प्रमुख उद्देश्य हो । स्थापना कालको छोटो अवधिमा नै सामाजिक र आर्थिक रुपान्तरणमा अग्रणि उदाहरण प्रस्तुत गर्दै गोरखामा आफ्नो छुटै पहिचान स्थापित गर्न सफल भएको छ । संस्थालाई अगाडी बढाउनको लागी सदस्यहरुले यस संस्थाप्रति देखाउनु भएको विश्वास नै हाम्रो सफलताको प्रमुख कुरा हो । यो विश्वासलाई अझै दरिलो बनाउनको लागी हामी लाग्नेछौ भनि प्रतिबद्धता जनाउन चाहन्छु । संस्थाले हाल सुरक्षित बचत, सरल कर्जा र रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । छोटो समयमै यो संस्था वित्तिय कारोबार हुने अन्य संस्था भन्दा सहज र सरल अनि छिटो र भरपर्दो संस्था बन्न सफल भएको छ ।

'Your Satisfaction is our Destination' भन्ने नारालाई आत्मासाथ गर्दै संस्थाको नियम र नीतिहरु भित्र रही सदस्यहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न हामी सदा प्रतिवद्ध र तत्पर छौं । स्थापनादेखि नै सफ्टवयर सिष्टमबाट अगाडी बढेको सिद्धि गणेशले अहिलेको परिवेशलाई ध्यानमा राखि ई–बैंकिङ्ग सेवा र मोवाईल पासबुक सेवा उपलब्ध गराएको छ । यस अघि नै संस्थाले मोवाईल कलेक्टर एपबाट रकम संकलन गर्न थालेको यहाँहरुलाई सर्वविदितै छ ।

अन्त्यमा, संस्थाका लागी यहाँहरु समक्ष कुनैपनि जिज्ञासा भए सिधै कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ । साथै आगामी दिनमा एप्लिकेशनबाट नै रकम ट्रान्सफर हुने, चेक क्लियरिङ्ग गर्ने लगायतका अझ नयाँ आधुनिक सेवा सुविधा प्रदान गर्ने लक्ष्य राखेका छौं ।



गणेश श्रेष्ठ