News and Events

अध्यक्षको सन्देश

श्री सिद्धि गणेश वचत तथा ऋण सहकारी संस्था स्थापानाको यो अवधि सम्म आईपुग्दा सहकारी ऐन, नियम र मुल्य मान्यतालाई आत्मासाथ गर्दै हाम्रा शेयर सदस्यहरुको मनोभावनालाई बुझ्दै सदस्यहरुकै हितका लागी विभिन्न समयमा विविध कार्यक्रम तथा योजना बनाई अघि बढिरहेको छ । सदस्यहरुको ईच्छा तथा चाहनालाई मध्यनजर गर्दै संस्थाले हाल झैं आगामी दिनमा पनि कार्य गर्ने नै छ । थोरै थोरै मिलेर नै धेरै हुने कुरालाई आत्मासाथ गर्दै नेपालको आर्थिक कृयाकलापलाई केही मात्रामै भएपनि उजागर गर्ने कोशिश सहित सदस्यहरुलाई बचत तथा ऋणका फाईदा र जोखिमको बिषयमा जानकारी गराई आर्थिक गतिविधिमा समावेश गराउनु नै संस्थाको लक्ष्य रहेको छ ।

संस्था स्थापनादेखि आजसम्म आईपुग्दा हामीले गरेका कृयाकलापहरुलाई सदस्यहरुले पनि सकारात्मक प्रतिकृया दिंदै आउनुभएको र उहाँहरुकै सल्लाह सुझाव अनुसार र सरोकारवाला पक्षहरुको मार्गदर्शनमा रही हामी अगाडि पनि बढिरहेका छौं । हालसम्म संस्थामा सदस्यता लिई बचत तथा ऋणमा सहभागी हुनेहरुको संख्या बढ्दै गईरहेको छ । संस्थाले सदस्यहरुलाई बचत र ऋण लगायत अन्य कृयाकलापहरुमा गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी गराउन चाहन्छु । यसै अनुरुप बिभिन्न बचत योजना र लगानी योजनामा विभिन्न आकर्षण दिईरहेका पनि छौं । हाल नेपालमा भएको सहकारीहरुमध्ये गोरखा जिल्लाको गोरखा नगरपालिका कार्यक्षेत्र बनाई कार्य गर्ने यस संस्था गोरखा जिल्लाकै उत्कृष्ट सहकारी संस्थाहरुमा पर्न आउँछ । गोरखामा बचत तथा ऋण सहकारी संस्था धेरै छन्, बचत तथा ऋण सहकरी सबैको उद्येश्य एकै हुन् तर केही सहकारी संस्थाहरुले संस्थालाई निरन्तर संचालन गर्न नसकेर बन्द भएका पनि हामीले सुन्ने गरेका छौं । त्यसैले संस्थालाई निरन्तर चलायमान बनाउन आर्थिक पारदर्शिता, ऐन नियमको पालना र सामूहिक प्रतिबद्धताको खाँचो छ । त्यसमा साधारण सदस्यहरुले संस्था के गतिमा चलिरहेको छ, सो सम्बन्धी समयसम्ममा चनाखो हुन जरुरी छ ।

सहकारीमा भएकाले बचत गर्ने, नभएकाले ऋण लिने गरिरहेको हुन्छौं । संस्था स्थापना पछि हामीले गरेका वित्तिय कारोबार सन्तोषजनक अवस्थामा भएतापनि यतिमा मात्रै आनन्द लियौं भने हामी लक्ष्यमा पुग्न सक्दैनौ । हाम्रो माझ आउने दिनहरु अझै चुनौतिपुर्ण छ । तर गोरखामा संचालन भएका वित्तिय संस्थाहरु, सहकारी संस्थाहरु थुप्रै भईसकेको अवस्थामा विश्वसनियता बढाउन हामीले नयाँ शेयर सदस्यहरु बढाउन सक्यौं र कारोबार बृद्धि गर्न सक्यौं भने निश्चय पनि आगामी बर्षहरुमा संस्थाले अझै गति लिन सक्नेछ ।

हामी चुनौतीलाई अवसरमा बदल्दै छौं, हाम्रो सोंच, सृजना र नव सृजनाको माध्यमबाट सदस्यहरुका सन्तुष्टिका आयाममा काम गरि राखेका छौं । हामीले सैदान्तिक पक्षको गतिशिलता, नैतिक पक्षको नेतृत्व, उच्च प्राविधिक पक्षको सामथ्र्यलाई संस्थाको आदर्श बनाएका छौं । वित्तिय सहकारी संस्था सबल त्यतिबेला हुन्छ, जतिवेला संस्थाले वित्तिय सक्षमता र वित्तिय शुसासन कायम गर्न सफल हुन्छ । वित्तिय शुसासनको अभावमा संस्था असफल सावित हुन्छ तसर्थ हामी संस्थाका संचालक, कर्मचारी एवं सम्पूर्ण सेयर सदस्यलाई वित्तिय शुसासन कायम गराउन दत्तचित्त छौं । हाम्रो अनुभवमा सहकारीको प्रभावकारी संचालन र व्यवस्थपनका लागि राज्य पक्षबाट र सहकारी अभियान पक्षबाट हुने नियमन, अनुगमन र मार्गदर्शन नहुनाले सहकारीहरुमा कमजोरी देखा पर्न थालेको महशुस भएको छ । सहकारी क्षेत्रमा संघीयताको कार्यान्वयनमा राज्य र अभियान पक्षको एउटै मत र एउटै सोंच हुन नसक्दा सहकारी संचालनमा समस्या देखिएको छ । यसलाई सम्बन्धित पक्षले समयमै ख्याल राख्नुपर्ने देखिन्छ ।

बद्लिदो परीवेश संगसंगै सहकारीको पनि नियममा परिवर्तन भईरहने हुँदा हाम्रो संस्थालाई पनि परिवर्तित नियम अनुसार अगाडी लैजानु पर्छ । मुनाफा कमाउन मात्र नभई समाजको आर्थिक उन्नतिमा समेत हामीले ध्यान पुर्याउनुपर्ने छ । हामीले विभिन्न शिर्षक मार्फत राज्यलाई कर तिर्दै आईरहेका छौं । उक्त करबाट देश विकासमा हाम्रो पनि प्रत्यक्ष उपस्थिति देखिएको छ । “गाउँ–गाउँमा सहकारी, घर–घरमा भकारी” भन्ने नेपाल सरकारको नितिलाई हामीले परिचालन गर्दै सबैखालको जनताको आर्थिक उन्नतिमा हामी लाग्नुपर्छ । त्यसैले नयाँ खालको वचत र लगानीका योजनाहरु मार्फत सदस्यहरुलाई बचत र लगानीमा समाबेश गराउनु पर्छ ।



शरद बाबु कट्टेल