News and Events

सातौं स्थापना दिवस मनाउँदै सिद्धि गणेश

माघ २३, गोरखा । गोरखाको हरमटारीमा रहेको श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो सातौं स्थापना दिवस मनाउदै छ । स्थापना दिवसको अवसर पारेर संस्थाले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्ने क्रममा यसबर्ष नगरपालिकाको वडा नं. ८ कट्टेलडाँडामा ढिकी स्थापना गर्दैछ । सो क्षेत्रका सदस्यहरुलाई र अन्य व्यक्तिहरुको आवश्यकता हेरी यस बर्षसो क्षेत्रमा ढिकी स्थापना गर्न लागेको हो । लोप हुँदै गएको ढिकी स्थापना संगै सो क्षेत्रका बासिन्दाहरुले ढिकीको प्रयोगबाट लाभान्वित हुनेछन् । आफ्नो स्थापना दिवसकै अवसर पारेर संस्थाले मोवाईल पासबुक एप पनि लन्च गर्दैछ । हाललाई एन्ड्रोईड भर्सनमा उपलब्ध भएको यो एप्लिकेसनको सम्पुर्ण कार्य सम्पन्न भईसकेको छ । सदस्यहरुले यो सेवा लिईसकेपछि आफ्नो बचत तथा ऋणको स्टेटमेन्ट लगायत सम्पुर्ण खातामा भएको मौज्दातहरु घरमै बसेर हेर्न सक्नेछन् । साथै खातामा रकम राखेको र झिकेको पनि नोटिफिकेसन मार्फ जानकारी आउनेछ । यो सेवार् इन्टरनेटबाट चल्ने भएकोले संसारको जुनसुकै स्थानबाट पनि प्रयोग गर्न सकिनेछ । भविष्यमा एप्लिकेसनबाटै रकम ट्रान्सफर र अन्तर सहकारी चेक क्लियरिङ्ग लगायतको सुविधा पनि थप गर्ने संस्थाको योजना रहेको छ ।



Posted By :- Administrator, Wednesday, February 7, 2018 6:12 AM