News and Events

सिद्धि गणेशको साधारण सभा सम्पन्न

गोरखाको हरमटारीमा रहेको श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को सातौं साधारण सभा सम्पन्न भएको छ । यही श्रावण २८ गते शनिबार संस्थाका अध्यक्ष अच्युतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा सचिव काजीराम श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शरद बाबु कट्टेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभामा लेखापरीक्षण समिति लगायत अन्य उपसमितिका संयोजकहरुले पनि आफ्नो प्रतिवेदन पेश गर्नु भएको थियो । संस्थाको साधारण सभामा विभिन्न सदस्यहरुले प्रतिवेदनमाथि छलफल गरि पास गरेको छ । संस्थाले आगामी दिनमा आफ्ना सेयर सदस्यहरुको हितमा काम गर्ने, बचतलाई प्रोत्साहन गर्न विभिन्न योजना ल्याउने तथा सुरक्षित लगानी बढाउने योजना बनाएको छ ।



Posted By :- Administrator, Tuesday, February 6, 2018 4:17 PM