बचतमा संस्थाबाट प्रदान गरिने व्याजदर परिवर्तन
फागुन १, गोरखा । श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले बचतमा आफ्ना सदस्हरुलाई प्रदान गर्दै आएको व्याजदर परिवर्तन गरेकाे छ । हाल संस्थाले ६ महिने मुद्धति बचतमा १३%, एक बर्षे मुद्धति बचतमा १२%, साधारण बचतमा ८%, दैनिक बचतमा ८%, नारी बचत र बाल बचतमा ८.२५%, बाल भविष्य बचत योजनामा १०% व्याजदर प्रदान गर्दै आईरहेको छ । त्यसैगरी अन्य बचतमा पनि व्याजदर परिवर्तन भएकाे र अद्यावधिक व्याजदर वेवसाईटको व्याजदरको पेजमा हेर्न सकिनेछ ।
Posted By :- Administrator, Monday, February 20, 2023 10:31 AM