१२ औ स्थापना दिवसको अवसरमा गोरखा अस्पतालाई डिजिटल सूचना बोर्ड हस्तान्तरण
माघ २६, गोरखा ।
गोरखा नगरपालिका हरमटारीको सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाले गोरखा अस्पताललाई डिजिटल सूचना बोर्ड उपलब्ध गराएको छ ।
संस्थाको १२ औं स्थापना दिवसका अवसरमा अस्पताललाई डिजिटल नागरिक वडापत्रका लागि उपयोगी हुने बोर्ड हस्तान्तरण गरिएको हो ।
सहकारी संस्थाका अध्यक्ष शरदबाबु कट्टेलले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठलाई बोर्ड हस्तान्तरण गर्नुभएको हो ।
सो क्रममा सहकारी संस्थाका पूर्व अध्यक्ष अच्युतलाल श्रेष्ठ, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक कृष्णकुमार श्रेष्ठ, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठ लगायतको पनि सहभागीता रहेको थियो ।
सिद्धिगणेश सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवस र अन्य सन्दर्भ पारेर विभिन्न सामाजिक काममा सहयोग गर्दै आएको छ ।
Posted By :- Administrator, Friday, February 10, 2023 4:15 AM