News and Events

साधारण सभा सम्पन्न

कात्तिक १३, गोरखा । श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि., हरमटारी गोरखाको एघारौं साधारण सभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष शरद बाबु कट्टेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष अच्युतलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभामा संस्थाका सचिव काजीराम श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विशाल राना मगरले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियाे । संस्थाले यो बर्ष चालिस लाख अठ्तिस हजार छ सय चौवालिस रुपैयाँ मुनाफा कमाएकाे छ । जम्मा १३०९ जना सदस्य रहेको संस्थाले आफ्ना सदस्यहरुको लागि मोवाईल एप र ईन्टरनेट बैंकिङ्गको सुविधा पनि प्रदान गर्दै आएको छ । संस्थाको एघारौं साधारण सभाको प्रतिवेदन यो लिंकबाट तथा वेवसाईटको डाउनलोड सेक्सनबाट डाउनलोड गर्न सक्नुहुनेछ । https://siddiganesh.com.np/public/upload/Siddi-Ganesh-11th-AGM-Reports.pdf



Posted By :- Administrator, Wednesday, January 26, 2022 7:15 AM