News and Events

साधारण सभा तथा अधिवेशन सम्पन्न

कात्तिक २२, गोरखा । श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि., हरमटारी गोरखाको अध्यक्षमा शरद बाबु कट्टेल निर्वाचित हुनु भएको छ । संस्थको दशौं बार्षिक साधारण सभा एवं तेश्रो अधिवेशनले कट्टेल अध्यक्ष रहने गरी ९ सदस्यीय कार्यसमिति गठन भएको हो । जसको उपाध्यक्षमा श्रवण कुमार जोशी, सचिवमा कजीराम श्रेष्ठ, कोषाध्यक्षमा विशाल राना मगर, सदस्यहरुमा गोकर्ण राना मगर, नारायण खत्री, ज्ञानहरी अर्याल, भोला प्रसाद मरहट्टा र बसन्त बस्नेत निर्वाचित हुनु भएको छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा कृष्ण कुमार श्रेष्ठ, सदस्यहरुमा मनकाजी श्रेष्ठ र जगनसिं गुरुङ्ग चयन हुनु भएको छ । संस्थाको साधारण सभा गत कात्तिक १६ गतेदेखि शुरु भई २२ गते सकिएको हो । विगतमा जस्तै यसपालिको साधारण सभा पनि श्रावण महिनामा नै सम्पन्न गर्ने भनिएपनि विश्वभर फैलिएको कोरोना भाईरसको कारण रोकिएको थियो । सदस्यहरुको स्वास्थ्यको ख्याल राख्दै र स्थानिय प्रशासनले जारी गरेको सूचनाको पालना गर्दै ५ दिन सम्म सदस्यहरुको पालैपालो उपस्थिति गराई रेकर्ड राखी २१ गते शुक्रबार दिउँसो १ बजे जुम प्रविधिको प्रयोग गरी अनलाईनमा बन्दसत्र कार्यक्रम गरी सभा सम्पन्न भएको हो । नवनिर्वाचित सदस्यहरुलाई निर्वाचन अधिकृत सत्यमान श्रेष्ठले सपथ ग्रहण गराई प्रमाणपत्र वितरण गर्नुभयो ।



Posted By :- Administrator, Sunday, November 8, 2020 11:16 AM