सिद्धि गणेशको साधारण सभा तथा अधिवेशन शुरु
कात्तिक १६, गोरखा । श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि., हरमटारी गोरखाको दशौं बार्षिक साधारण सभा एवं तेश्रो अधिवेशन आजदेखि शुरु भएको छ । संस्थाको अध्यक्ष श्री अच्युतलाल श्रेष्ठको अध्यक्षतामा आजदेखि शुरु भएको सभा कात्तिक २२ गते सकिने संस्थाले जनाएको छ । आजदेखि विहीबारसम्म सदस्यहरु अफ्नो अनुकुलको समयमा कार्यालयमा नै उपस्थित भई उपस्थिति जनाउन सक्ने बताईएको छ । विगतमा जस्तै यो साधारण सभा पनि श्रावण महिनामा नै सम्पन्न गर्ने भनिएपनि विश्वभर फैलिएको कोरोना भाईरसको कारण रोकिएको थियो । सदस्यहरुको स्वास्थ्यको ख्याल राख्दै र स्थानिय प्रशासनले जारी गरेको सूचनाको पालना गर्दै ५ दिन सम्म सदस्यहरुको पालैपालो उपस्थिति रेकर्ड राखी २१ गते शुक्रबार दिउँसो १ बजे अनलाईनमा बन्दसत्र कार्यक्रम गर्ने संस्थाले जनाएको छ । साधारण सभामा पेश गरिने प्रतिवेदनहरु भने संस्थाको वेवसाईट www.siddiganesh.com.np बाट सिधै डाउनलोड गरी हेर्न सकिने वा संस्थाबाट प्राप्त गर्न सकिनेछ । कात्तिक २१ गतेको बन्दसत्र कार्यक्रमपछि नयाँ कार्यसमिति चयन प्रक्रिया शुरु हुने संस्थाले जनाएको छ ।
Posted By :- Administrator, Sunday, November 1, 2020 8:53 AM